मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बोट रेसमा स्विमिङ पुल घाट प्रथम

शनिबार, १७ पुस २०७८, १५ : ००
शनिबार, १७ पुस २०७८

रेवान पोखराले आयोजना गरेको २३ औँ पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङ पुल घाटको ए समूहले प्रथम स्थान हासिल गरेको छ । वसुन्धरा पार्कदेखि बाराही मन्दिर घुमेर पुन: वसुन्धरा पार्कसम्म दौड प्रतियोगिता भएको हो ।

विभिन्न ११ समूहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्डमा निश्चित दूरी पार गर्दै स्विमिङ पुल ए ले प्रथम स्थान हासिल गरेको छ । २० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोस्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै वाराही घाटको सी टोलीले तेस्रो स्थान हासिल गर्‍यो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः नगद २०, १० र ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य अनिल थापाले जानकारी दिए । विजयी टिमलाई रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी, कार्यसमिति सदस्य विप्लव पौडेल, फेवा डुङ्गा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपाली लगायतले पुरस्कार वितरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप