कविता : देश अर्थात् कम्पनी
म देशलाई
देश भन्न लालायित छु
तर, किन देश
म्यानपावर कम्पनीजस्तो भएको छ ?
उभिनु–
मानेर आफ्नो जन्मसिद्ध अधिकार
उभिन्छु देशको खुल्ला आकाशमुनि
तर, लाग्छ
म्यानपावर कम्पनीको आँगनमा उभिएर
बसिरहेछु बिक्रीको लाइनमा
हरेक नागरिकको लुगा खोल्छ देश
र दाँत गाडेर
जबरजस्ती लगाइदिन्छ ढाडमा
राहदानीको छाप
‘पावर’ गुमाएर म्याउ मात्र बाँकी रहेका
कहिल्यै ‘म्यान’ हुन नसकेका
मानौँ, यीे हुन् भिजेका दुब्ला बिराला
पुग्छन् हस्याङफस्याङ गर्दै
म्यानपावर कम्पनीमा लाइन बस्न
कहिल्यै सँगै पर्न दिएन कम्पनीले
‘म्यान’ र ‘पावर’ लाई
मालिककै हातको मसल भइरहेछ ‘पावर’
यहाँ एउटै छ मालिक
तर, को हुने मालिकको जुत्ता ?
चलिरहेछ हिंस्रक जुहारी
हेर्नोस् त
यी रुख र नागवेली खोलाहरू
यी पहाड र चम्किला हिमालहरू
यी मैदानमा झुलिरहेका धानका बोटहरू
लाइन लागिरहेछन् कम्पनीको अगाडि
कार्टुनमा प्याक गरेर बेच्दैछ कम्पनीले
पुग्नेछन् तिनीहरू समुद्र पारी
निकै चतुर छ
कम्पनीको मालिक
जसले बिक्री गर्छ मानिस खुलमखुल्ला
तर बेचेको छनकसम्म दिँदैन
फस्टाउँदो उद्यम देखेर
मख्ख परिरहेछ कम्पनीको मालिक
तर, त्यसको अनुहार मिल्दैन मेरो देशसँग
ऊ मनमनै सोचिरहेछ
यो देश नै उडाएर लैजान सकिन्छ कि एकदिन ?
केही रहेन बाँकी
तर, पनि यो देशलाई
म देश भन्न लालायित छु
तर, किन देश
म्यानपावर कम्पनीजस्तो भएको छ ?
(सिलवालको चिबेचरा कविता संग्रह २०७८ बाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण