मनाङ शीर्षस्थानमा उक्लियो
ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई घरेलु मैदानमा १–० अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा कम्तीमा एक दिनका लागि शीर्षस्थानमा फर्किएको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा कप्तान अञ्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्दा मनाङले पाँचौ जित निकाल्यो । जितसँगै मनाङले ७ खेलबाट १६ अंक बनाएको छ र शीर्षस्थानमा रहेको छ । यता, एक खेल कम खेलको मच्छिन्द्र फुटबल क्लब १४ अंकसहित दोस्रो स्थानमा छ ।
आइतबार साँझ पौने ५ बजे हुने खेलमा मच्छिन्द्रले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरे शीर्षस्थानमा उक्लने छ । यदि हार वा बराबरले भने मनाङ शीर्षस्थानमै हुनेछ । आइतबारको खेलले एएफसी कप–२०२२ छनोटमा स्थान बनाउने टोलीको टुङ्गो समेत लाग्नेछ । सातौँ चरणको शीर्षस्थानमा रहने टोली यस सिजनको एएफसी कपमा छनोट हुनेछ ।
पोखरा रंगशालालाई होम मैदान बनाएपछि दोस्रो जित निकाल्ने क्रममा अञ्जनले भारतीय खेलाडी दयानन्द सिंहको हेड पासमा हेड गोल गरे । यसअघि पहिलो हाफमा बीबीसीका शिशिर लेखीले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । उनले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे । योसँगै मनाङले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको छ । गत शनिबार पुलिसलाई ३–१ ले हराएको थियो । यता, पराजित बीबीसी ७ खेलबाट ५ अंकसहित १२औँ स्थानमा छ।
आज काठमाडौँमा भएको पहिलो खेलेमा थ्री स्टारले प्रतिद्वन्द्वी जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै पाँचौ स्थानमा उक्लियो । आजको तेस्रो खेलमा अहिले पौने ५ बजे संकटा क्लब र च्यासल युथ क्ल्ब भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण