पेसागत संगठन विस्तार गर्दै एमाले
सीपी लोहिया
नेकपा एमालेको शुभेच्छुक संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठन पाटन बैतडीको नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले बिस्ना भण्डारीको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटी गठन गरेको छ । आजै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर कमिटी पनि गठन गरेको छ । जस अनुसार बीर बहादुर खातीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।
यसैगरी स्थानीयतह कर्मचारी हकहित मञ्चको पनि पालिका कमिटी पनि गठन गरिएको छ । बिर्खराज भट्टको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो । नगर सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष एवं, बैतडीबाट संघीय सांसद दामोदर भण्डारी रहेका थिए ।
जिल्लाको पुर्चौडी नगरपालिकामा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर अधिवेशनले दीपेन्द्र बहादुर धामीको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ । यसैबीच जिल्लाको दोगडाकेदार गाउँपालिकामा शुक्रबार सम्पन्न निजामती कर्मचारी संगठनको गाउँ अधिवेशनले चक्रदेब भट्टको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण