सरकारद्वारा कोरोनाविरुद्धको अतिरिक्त खोपको व्यवस्था, यस्ता व्यक्तिले पाउँछन्
सरकारले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई कोरोनाविरुद्धको अतिरिक्त मात्रा खोप लगाउने व्यवस्था गरेको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका नागरिकलाई खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
अतिरिक्त मात्रा खोप भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथि उमेरका व्यक्तिहरुले लगाउन पाउने भएका छन् । यद्यपि कोरोनाविरुद्धको खोप पहिले जुन लगाइएको हो सोही प्रकृतिको खोप थप एक मात्रा अतिरिक्त दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि यो बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने थप एक अतिरिक्त मात्रा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्ता व्यक्तिले पाउँछन् अतिरिक्त खोप
–मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
–सक्रिय क्यान्सर रोगी
–अङ्ग प्रत्यारोपण गरेका बिरामी
–एच.आई.भी भएका बिरामी
–उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
-
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
-
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई २ लाख रुपैयाँमा खरिद
-
फिल्डमै बसेर मन्त्री श्रेष्ठले विद्युत समस्याबारे छलफल
-
शरीरको कुन अंगको लागि राम्रो हुन्छ नरिवल पानी ?
-
अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण