करोडौंको घर, आलिशान भ्यानिटी भ्यान, यस्तो शानदार जीवन बाँच्छन् अल्लू अर्जुन
आजकाल बक्स अफिसमा अल्लू अर्जुनको फिल्म पुष्पाको व्यापक चर्चा छ । पुष्पाले व्यापक कमाई जारी राख्दै ३ सय करोडको कलेक्सन गरेको छ । फिल्म हेरेपछि बलिउडमा अल्लू अर्जुनको माग असाध्यै धेरै बढिसकेको छ ।
काइमोइ डट कमको रिपोर्ट अनुसार अल्लू अर्जुनले पुष्पाका लागि करिब ३० देखि ३२ करोड पारिश्रमिक लिएका छन् । पुष्पामा जसरी अल्लू अर्जुनको अभिनय रुचाइँदै छ, त्यो देखेर यस्तो लाग्छ कि उनले आफ्ना आउँदो फिल्मको पारिश्रमिक दोब्बर बढाउनेछन् ।
फिल्ममा करोडौं कमाउने अल्लू अर्जुन वास्तविक जीवनमा कति आलिशान जीवन बिताउँछन् भन्नेबारे जानकारी लिऔं ।
पुष्पा अभिनेतासँग भ्यानिटी भ्यान फेल्केन छ जुन भित्रबाट कुनै महलभन्दा कम छैन । भ्यानको इन्टेरियर ब्ल्याक, ह्वाइट, सिल्भर कलरबाट सजाइएको छ । अल्लू अर्जुनको भ्यानिटी भ्यानको मूल्य लगभग ७ करोड भारु हो ।
अल्लू अर्जुनसँग यससँगै हमर एचटु पनि छ । कार्स२४ को रिपोर्ट अनुसार हमर एचटुको मूल्य ७५ लाख भारु माथि पर्छ ।
करोडौंको भ्यानिटी भ्यान, लाखौँको गाडीबाहेक अल्लू अर्जुनसँग हैदराबादमा करोडौंको महलजस्तो घर पनि छ । अभिनेताको घरमा पूलदेखि विभिन्न सुख सुविधा छन् ।
घर, भ्यानिटी भ्यान, हमर एचटुका साथै अल्लू अर्जुन रेन्ज रोभर भोगको सवारी पनि गर्छन् । यीबाहेक अभिनेताको विवाह सबैभन्दा महँगो विवाहमध्ये एक थियो जसमा ४० भन्दा बढी फोटोग्राफर समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण