पीएम कप क्रिकेटको खेल तालिका सार्वजनिक (तालिकासहित)
प्रधानमन्त्री कप (पीएम)ट्वान्टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेलअन्तर्गत २६ गते कीर्तिपुरमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भिड्दा मूलपानी मैदानमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । यस्तै समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन् ।
पुस २६ गतेबाट सुरु हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ । यसअघि प्रतियोगिता एकदिवसीय फर्म्याटमा हुने भए पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक फर्म्याट परिवर्तन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण