एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा
अखिल नेपाल फुटबल संघ (एन्फा)को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् ।
पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो । एन्फाले १५ पुसमा १९ एजेन्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई पत्र पठाएको थियो ।
त्यसपछि विधान अनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेन्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेन्डा थप माग गरेका थिए । एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरेको थियो । २० पुसमा एन्फा पूर्वअध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले कार्यसमितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण