पुस्तकालयमा पढ्न झिसमिसेमै लाम
खेम पाठक अचेल गोङ्गबुबाट हरेक दिन बिहान ५ बजे नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुर पुग्छन् । ५ बजे नपुग्ने हो भने पुस्तकालयभित्र छिर्नै मुस्किल पर्ने उनी बताउँछन् ।
लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धाको तयारीमा रहेका पाठकको बिहानदेखि साँझ ६ बजेसम्म पुस्तकालयभित्रै बित्छ । पुसको ठन्डीमा सिउसिउ गर्दै थानकोटका कृष्ण रिजालको पनि दैनिकी उस्तै छ । उहाँले पनि नेपाल राष्ट्र बैङ्कको परीक्षाको तयारी गरिरेहेका छन् ।
पाठक र रिजाल मात्रै होइन, अहिले दैनिक सयौँ विद्यार्थी केन्द्रीय पुस्तकालयमा पढ्न बिहानै कीर्तिपुर पुग्ने गरेका छन् । पुस्तकालयभित्र बसेर अध्ययन गर्न विशेष र सामान्य गरी दुईथरी अध्ययन कक्ष छन् । विशेष अध्ययन कक्षमा विद्यार्थीको आकर्षण बढी छ । यसमा तीन कोठा छन् । एउटा कोठामा ४० जना बस्न पाउँछन् । पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार तीन कोठामा १२० जना मात्रै अटाउँछन् ।
समयमै नआउने हो भने बस्न कुर्सी अभाव हुने र भित्र छिर्नै नपाउने त्रासका कारण विद्यार्थी एकाबिहानै लाइन लाग्ने गरेको उनले बताए ।
यो कक्ष बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्छ । यसमा बिजुली, पानी, शौचालय तथा आरामदायी कुर्सी छन् । इन्टरनेट सुविधा पनि छ । साथै आफ्नै पुस्तक लगेर पढ्न पनि पाइन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण