मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन
सोमबार, २६ पुस २०७८, १३ : ४६
प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कमजोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ ।
यसैसाता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो । किसानहरुको प्रदर्शनका कारण फसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए ।
प्रधानमन्त्रीको सवारी सुरक्षामा कमजोरी देखिएपछि पन्जाबका सुरक्षा अधिकारी विवादमा तानिएका थिए । सोही विषयलाई लिएर सर्वोच्चमा उजुरीसमेत परेको थियो । शुक्रबार मात्र सर्वोच्चले पन्जाबका रजिष्टार जनरल र हरियाणा उच्च अदालतलाई प्रधानमन्त्रीको भ्रमणमा देखिएको ‘ठूलो सुरक्षा खतरा’ का सम्बन्धमा रेकर्ड सार्वजनिक गर्न हरियाणा उच्च अदालतलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण