बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप
लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ ।
५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकहरूमा ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै निक्षेप थियो । संघले पछिल्लो दुई सातामा ७२ अर्ब निक्षेप बैंकमा जम्मा भएको जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको दुई वटा निर्णयसँग बैंकहरूमा निक्षेप सुधारिन लागेको हो । राष्ट्र बैंकले अनियन्त्रित आयात रोक्न एलसी खोल्दा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यो व्यवस्थापछि आयातमा कमी आएको छ । विलासिताका वस्तुको आयात गर्दा शतप्रतिशत रकम जम्मा राख्नुपर्ने व्यवस्थाले समेत केही निक्षेप बढाएको हो ।
यस्तै, स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न दिन अर्थ मन्त्रालयले केन्द्रीय बैंक र महालेखा नियन्त्रकलाई आग्रह गरेको थियो । मन्त्रालयको आग्रहपछि केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहको ८० प्रतिशत बजेटलाई निक्षेपमा गणना गर्न अनुमति दिएको थियो । यससँगै, वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको हो ।
यसैगरी, यो सातामा बैंकहरूले नौ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । गत साता ११ अर्ब ऋण लगानी गरेका बैंकहरूले अघिल्लो साता तीन अर्ब मात्रै लगानी गरेका थिए । बैंकहरूले पुस महिनामा कुल २३ अर्ब ऋण लगानी गरेका छन् । योसहित यो महिनामा कुल ऋण लगानी ४१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण