पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।
काभ्रेको पनौती नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस् भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । २०७० सालमा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ ।
तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पौष ३ गते पिक्नीक गएका थिए । उक्त पिक्नीकबाट बचेको रकम साहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताए । तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहार जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण