दाङमा माघी मेला स्थगित
दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको माघी मेला यस वर्ष कोरोना महामारीका कारण स्थगित गरिएको छ । दाङको घोराही १३ को बाह्रकुने दह र लमही ९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा यस पटक मेला नलाग्ने भएको हो ।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको निर्णय अनुसार दहमा मेला स्थगित गरिएको जानकारी दिए । संक्रमण दर बढेको र सरकारले समेत २५ जना भन्दा बढी भिडभाड हुन तथा मेला महोत्सव गर्न रोक लगाएको हुँदा मेला स्थगित गरिएको उनले जानकारी दिए ।
धार्मिक स्थल समेत भएकाले मन्दिरमा पूजाआजा भए पनि मेला भने नहुने उनले जानकारी दिए । मन्दिरमा पूजा गर्नका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक झन्डै तीन सय मानिसहरु आउने गरेका छन् । मन्दिरमा भेडाको बली दिइने र परेवा उडाइने गरिन्छ ।
यस्तै लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङ लगायत भारतबाट पनि भक्तजन आउने गर्दछन् । त्यहाँ पनि दैनिक मानिसहरुको भिडभाड र जमघट हुने गर्दछ । तर यस वर्ष मेला स्थगित गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण