नोबेल मेडिकल कलेजका सञ्चालक शर्माको विरोधमा विद्यार्थी
अतिरिक्त शुल्क नतिर्ने अडानका साथ आन्दोलनमा उत्रिएका नोबेल मेडिकल कलेजका विद्यार्थीले बिहीबार कलेज सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् । दुई हप्ताभन्दा लामो समयदेखि आन्दोलनरत विद्यार्थीले मेडिकल कलेज परिसरमै सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।
विराटनगरको शुक्रबारे हाट चोकबाट सञ्चालक शर्माको पुत्लासहित नाराबाजी गर्दै मेडिकल कलेज पुगेका विद्यार्थीले कलेज परिसरमै पुगेर सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाएमात्रै पढाइ सुरू गर्ने निर्णय गरेपछि दुई हप्तादेखि सो कलेजमा अध्ययनरत विद्यार्थी चरणबद्ध आन्दोलन उत्रिएका छन् ।
चिकित्सा शिक्षा संघर्ष समिति तथा केही विद्यार्थी संगठनले विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाएपछि सो कलेजमा विद्यार्थीले दैनिकजसो आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क तिर्न कलेजले दबाब दिएपछि एमबीबीएस पढ्ने बिद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७÷०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा करिब पाँच लाख रुपैयाँ बढी उक्त कलेजले मागेपछि अभिभावकसमेत आन्दोलनमा उत्रिएका छन् । एमबीबीएसमा भर्ना भएका तर अतिरिक्त शुल्क नबुझाएका विद्यार्थीको पठनपाठन सो कलेजले रोकेको छ ।
कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालिएको छ । शिक्षा आयोगले तोकेको शुल्क बुझाउँदा पनि अन्य विद्यार्थी भने पढ्नबाट बञ्चित गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण