संखुवासभामा शंकास्पद वस्तु फेला, सेनाको टोली नआइपुग्दा त्रास
संखुवासभाको चैनपुर नगरपालिका–६ बजार नजिकैको शंकास्पद बस्तु फेला परेको २४ घण्टा पुग्न लाग्दा पनि सेनाको बम डिस्पोजल टोली आइ नपुग्दा त्रासको वातावरण सृजना भएको छ ।
चैनपुर– ६ को टेलिकम टावर नजिकै गढी डाँडा छेउमा बिहीबार साँझ शंकास्पद बस्तु फेला परे पनि शुक्रबार अपरान्हसम्म सेनाको टोली आइ नपुगेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले बताए । पार्क बनाउन स्काभेटरले खन्ने क्रममा बिहीबार साँझ शंकास्पद वस्तु फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । शंकास्पद बस्तु फेला परेको क्षेत्रमा प्रहरीले सुरक्षा गरिएको उनको भनाइ छ ।
उक्त शंकास्पद बस्तु डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिसकेको भएपनि अहिलेसम्म आइ नपुगेको प्रहरी निरीक्षक खतिवडाले बताए । चैनपुर–६ गढी डाँडामा प्रदेश १ सरकार पर्यटन मन्त्रालयको सहयोगमा पार्क निर्माण हुन लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण