प्रदेश–१ मा ३७९ मा कोरोना सङ्क्रमण पुष्टि
प्रदेश–१ मा पछिल्लो २४ घण्टाको अवधिमा ३७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७४३ को पीसीआर परीक्षण गर्दा ३२४ र ३०३ को एन्टिजेन परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा ६८, झापामा ४५, इलाममा चार, धनकुटा, खोटाङ र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा १६४, बुढीगङ्गामा नौ, कटहरीमा तीन, रङ्गेली, सुन्दरहरैचा र जहदामा दुई÷दुई, ग्रामथान, उर्लाबारी, धनपालथान र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा ३२, इटहरीमा २५, रामधुनीमा चार, बराहक्षेत्र र दुहवीमा दुई÷दुई, इनरुवा, गढी र स्थानीय तह नखुलेका एक÷एक रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै झापाको विर्तामोडमा १७, दमकमा नौ, भद्रपुरमा आठ, बुद्धशान्ति, शिवसताक्षी र कनकाईमा दुई÷दुई, अर्जुनधारा, गौरीगञ्ज, मेचीनगर, कमल गाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका, खोटाङको दिप्रुङ र उदयपुरको बेलकामा एक÷एक र प्रदेश बाहिरका १८ जना सङ्क्रमण भएका छन् । प्रदेशमा आज आठ महिलासहित २५ कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३७ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण