चाँडपर्वले एकताको सन्देश दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे बताएका छन् । 'हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,' तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।
माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्‌को नयाँ वर्षले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै आरोग्य जीवन प्राप्तिको कामना पनि उनले गरेका छन् । माघे संक्रान्ति, माघी पर्व, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्‌को नयाँ वर्ष आज मनाइँदैछ । आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।
यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ । अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी धुव्रको अवस्थितिको आधारमा यसको गणना र मापन गरिन्छ । आजबाट सूर्य उत्तर दिशातर्फ सर्दै जाने र उत्तरी गोलार्द्ध सरेपछि सूर्यको न्यानोपना बढ्दै जाने विश्वास गरिन्छ र सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्‌को नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण