पीएम कप: खेलाडीमा कोरोना आशंका, पुलिस र प्रदेश १ बीचकाे खेल स्थगित
शनिबार, ०१ माघ २०७८, ०८ : ५२
खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा टियु क्रिकेट मैदानमा आज दुबै टिम बीच खेल तय भएकाे थियाे । तर, प्रदेश–१ का खेलाडीमा काेराेनाकाे आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको छ ।
आजको दोस्रो खेल भने निर्धारित समयमै हुनेछ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको पुलिसले पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले पराजित गरेको थियो । दोस्रो खेलमा आर्मीलाई ४ विकेटले हराएको पुलिसले तेस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध ८९ रनको सहज जित निकालेको थियो ।
पहिलो खेलमा कर्णाली प्रदेशसँग ३१ रनले हारेको प्रदेश–१ले दोस्रो खेलमा पानीका कारण मैदान चिसो भएर खेल हुन नसक्दा आर्मीसँग अंक बाँडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने