सडक दुर्घटनामा कलाकारको मृत्यु
आइतबार, ०२ माघ २०७८, १२ : ०९
सडक दुर्घटनामा रुपन्देहीमा एक कलाकारको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सीमामा पर्ने योगीकुटी नजिक कलाकार शोभाकर पन्तको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गएराति योगिकुटीबाट मगरघाटतर्फ जाँदै गर्दा उनी सवार लु ७० प १३५३ नम्बरको मोटर साइकल सडकमा रहेको खाल्डोमा खसेको थियो । उनलाई आज आइतबार आज बिहान स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
गुल्मी स्थायी घर भएका उनी रुपन्देही बस्दै आएका थिए । उनी बुटवलमा फोटोग्राफर र कलाकारिता क्षेत्रमा काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण