गुल्मीका एमाले नेता ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश
गुल्मीका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रभावशाली नेता राम मल्ल ठकुरी सो पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
एमाले भित्र धनाढय विचौलियाहरुको राज हुन थालेको भन्दै उनले आफू त्यस्तो पार्टीमा रहन नचाहेको प्रस्ट पारे । सुरुमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानमा सही छन् भन्ने लागेर पार्टी विभाजनको समयमा एमालेमै रहने निर्णय गरेको उनको भनाइ छ ।
सुरुदेखि आफू माधवकुमार नेपाल पक्षधर रहे पनि पार्टी विभाजनकोसमयमा भने नेपाललाई साथ नदिएर एमालेमै रहने निर्णय गरेको उनले बताए । तर, पछिल्लो समयमा आएर गोकर्ण विस्ट लगायत एमालेका केही नेताको कार्यशैली र विचारलाई लिएर आफू सो पार्टीमा रहन नसक्ने निर्णयमा पुगेको उनको भनाइ छ ।
‘पार्टी विभाजनको समयमा एमालेका १० भाइले पार्टी एकताका लागि ठिकै गरे भन्ने लागेको थियो, तर उनीहरु विचौलिया रहेछन् भन्ने मलाई लाग्यो,’ उनले भने, ‘ती १० भाइमध्ये हाम्रो जिल्लाको नेता गोकर्ण विष्ट पनि एक हो ।’
त्यतिबेला उनीहरुले समेत हस्ताक्षर गरेर एमालेको सरकारलाई विस्थापित गरेको तर अहिले आएर विष्टले आफूलाई खाली कागजमा सही गराएको भनेर अभिव्यक्ति दिँदै आएको भन्दै ठकुरीले विष्टको त्यस्तो अभिव्यक्तिबाट आफू आश्चर्यचकित भएको बताए । ‘उहाँजस्तो जिम्मेवार मान्छेले त्यस्तो अभिव्यक्ति दिनुहोला भन्ने लागेको थिएन,’ उनले भने, ‘आफूले गरेको कामको जिम्मेवारी र जसअपजस लिन नसक्ने नेताको पछाडि लाग्नु ठिक लागेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण