क्रिकेटरसँग प्रेममा परेकी निशा धमाधम बिहेको निम्ता बाँड्दै
काठमाडौं – अभिनेत्री निशा अधिकारीको अहिले दैनिकी फेरिएको छ । बिबाहको मिति नजिकिदै गर्दा उनी निकै ब्यस्त समेत बनेकी छन् । साथीभाई, चलचित्रकर्मी र आफन्त लगायतलाई बिबाहको निम्तो बाड्दैमा उनको दिन बित्ने गरेको छ ।
क्रिकेटर शरद भेषवाकरसँगको करिब पाँच बर्षको प्रेमलाई उनले अहिले बिबाहमा परिणत गर्न लागेकी हुन् । यहि असार १६ गते उनी दुलही बन्ने लगन जुरेको छ । बिबाहको रौनकले भने उनलाई १४ गते देखिनै छुनेछ । यो दिन उनका परिवाले मेहेन्दिको कार्यक्रम राखेका छन् ।
बिबाह भोज समेत उनले १६ गतै नै दिने छिन् । दरबारमार्गको एक तारे होटलमा बिबाह भोज दिने बताइएको छ ।
बिभिन्न स्थानमा गरेको डेटबाट चर्चामा छाइरहने यो जोडीले केही समय प्रेमको अस्विकार समेत गरेका थिए ।
निशा अभिनयमा स्थापित नायिका हुन् । दर्जन बढि चलचित्र अभिनय गरेकी निसाको गतबर्ष ‘जयपरशुराम’ चलचित्र सार्वजनिक भएको थियो । सगरमाथ आरोहण गरेर समेत चर्चामा छाएकी अभिनेत्री निसाले चलचित्र निर्माणमा समेत हात बढाएकी छन् । उनको निर्माण रहेको चलचित्र ‘झ्यानाकुटी’ अहिले तयार हुँदैछ ।
शरद भने क्रिकेट खेलाडी हुन् । यो खेलमा उनको राम्रो पहिचान छ । निसा र शरदको बिबाहलाई क्रिकेट र चलचित्रको मेल भनेर पनि धेरैले चर्चाको बिषय बनाएका छन् ।
तर बिबाहको निम्तो कार्डमा चलचित्र भन्दा पनि क्रिकेट नै हाबी भएको देख्न सकिन्छ । कभरमै क्रिकेट बल, ब्याट र स्टम्ब्स राखेर बिबाह कार्ड डिजाइन गरिएको छ । चलचित्रको झल्को दिने सिम्बर कहिकतै देखिन्न ।
चलचित्र ‘झ्यानाकुटी’मा सौगात मल्ल, बेनिशा हमालका साथमा उनको समेत अभिनय रहेको छ । ८ भदौ प्रदर्शन मिति तोकिएको यो चलचित्र सिमोस सुनुवारको निर्देशन गरेका हुन् । चलचित्र ‘झ्यानाकुटी’ निर्माण सुरु गर्दा आफुले झ्यानाकुटी (बिबाह) गर्ने केही हल्ला नगरेकी निसाले दर्शकलाई झ्यानकुटी दिनु अगाडि आफुले झ्यानाकुटी (बिबाह) गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण