पसलमा चोरी गरेको अभियोगमा दुई युवा पक्राउ
पसलहरूमा चोरी गरेको अभियोगमा दाङको तुलसीपुरबाट दुई युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ घर भएका २० बर्षीय दिलिप परियार र घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर घर भएका १९ बर्षीय विशाल परियार पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
उनीहरु दुबै जना तुलसीपुर ६ रजौरामा डेरा गरि बस्दै आएका थिए । प्रहरीले उनीहरुलाई रजौरास्थित कोठाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । अर्का एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिका कोठाबाट दाङका चोकमणि गिरीको र दाङकै ममता डिसीको नामको राहदानीपनि बरामद भएको छ । त्यस्तै खुकुरी, फलामका रड, केही दिन पहिले तुलसीपुरबाट चोरी भएका सरसामान, चाँदीका गरगहना र सुनका नक्कली गहना पनि बरामद भएको प्रहरीले जनाएको छ ।
माघीको राति तुलसीपुर–सल्यान सडक खण्डका दुई वटा पसलबाट झन्डै ६० हजार बराबरको सरसामान चोरी भएको थियो । त्यो बाहेक आसपासका थप ११ वटा पसलमा चोरीको प्रयास भएको सिसी टिभी फूटेजमा देखिएको छ ।
डिएसपी अर्यालका अनुसार सिसी टिभी फूटेजमा चोरी गर्ने व्यक्तिले लगाएको ज्याकेजको आधारमा अनुसन्धान गर्दै जाँदा परियारद्वय पक्राउ परेका हुन ।
दिलिपले लगाएको ज्याकेटको आधारमा अनुसन्धान गरि प्रहरी उनी समक्ष पुग्न सफल भएको डिएसपी अर्यालले बताए । दिलिप पुस २२ गते मात्रै चोरी अभियोगमा पक्राउ पछि प्रहरीको थुनुवा कक्षबाट छुटेका ब्यक्ति रहेको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण