कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा
कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन् । गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा सरकारले गरेको निर्णय अहिले पनि यथावत् रहेकाले कर्मचारीलाई पुनः कोभिड भएमा बिदा पाउने बताए । उनले भने, “कोरोना लागेको बिरामी कार्यालयमा आएर काम गर्ने हो भने अरूलाई कोरोना सार्ने हुँदा कोरोना बिदा सम्बन्धित कर्मचारीलाई भन्दा पनि अरूका लागि दिइएको हो ।” उनका अनुसार सो समयमा सरकारले गरेको निर्णयमा निश्चित पटक मात्र कर्मचारीलाई कोरोना बिदा दिने नभनेकाले कर्मचारीलाई पुनः कोरोना पुष्टि भएमा बिदा पाउनेछन् । कुनै पनि व्यक्तिलाई हरेक महिना कोरोना नलाग्ने भएकाले एक पटक कोभिड हुँदा १४ दिन बिदा दिने गरी व्यवस्था गरिएको हो ।
कोभिड सङ्क्रमणका कारण क्वारेन्टाइन, आइसोलेसन वा अस्पतालमा भर्ना भई कार्यालयमा उपस्थित हुन नसकेका कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखले अस्पताल भर्ना भएको बेहोरा प्रमाणित गरी बढीमा १४ दिन र अस्पताल भर्ना भई बसेका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदाको अवधिभर बिदा कायम गर्ने निर्णय भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण