कोहलपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, ०६ माघ २०७८, १० : १२
बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ क १९९९ नम्बरको टिपरले पार्वतीपुरस्थित धर्मकाटा नजिकै बसिरहेका ३५ वर्षीय त्रिलोक केसीलाई राति ११ बजे ठक्कर दिएको हो ।
धर्मकाटामै काम गर्ने बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी केसीलाई गम्भीर घाइते अवस्थामा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपरसहित चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण