रुपन्देही प्रहरीद्वारा तीन अधिकृतलाई अवार्ड प्रदान
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हरेक महिना उत्कृष्ट कार्य गर्ने मातहतका चौकी इन्चार्जहरुलाई प्रदान गर्दै आएको हाई इन्टीग्रेटी इन्चार्ज अवार्ड पुस महिनामा तीनजना प्रहरी अधिकृतहरूलाई प्रदान छ ।
शनिवार ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी बिट बसपार्क भैरहवामा कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बम्जन र प्रहरी चौकी पोहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज कुमार तिवारीलाई उक्त अवार्ड प्रदान गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले उनीहरुलाई अवार्ड प्रदान गरेका छन् ।
आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको भन्दै उनीहरुलाई उक्त अवार्ड दिइएको बताइएको छ । फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, मादक पदार्थ सेवन बिरुद्धको कारवाही लागयतका काममा उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी प्रमुखहरुलाई ती अवार्ड प्रदान गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण