पत्रकार बिन्दु चौहानको सम्झनामा “पत्रकारिता पुरस्कार” घोषणा
स्वर्गीय पत्रकार बिन्दु कुमार चौहानको सम्झनामा “स्व. बिन्दु चौहान स्मृति पत्रकारिता पुरस्कार” घोषणा भएको छ । शनिबार मधेसी पत्रकार समाज नेपाल, रुपन्देहीको मर्चवारमा बसेको बैठकले चौहानको स्मृतिमा भदौ २९ गते वितरण गर्ने गरि उक्त पत्रकारिता पुरस्कारको घोषणा गरेको हो । उक्त पुरस्कार चौहानको स्मृति दिवसको अवसर पारी विभिन्न विधामा कलम चलाउने मधेसी पत्रकारहरू मध्ये मूल्याङ्कन गरि एक जनालाई प्रदान गरिने समाजका सचिव हृदयराम गुप्ताले जानकारी दिए ।
रुपन्देहीका रही विभिन्न सञ्चारमाध्यममा काम गरेका बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको गुप्ताले बताए । यसले मधेस क्षेत्रमा रहेका पत्रकारहरूलाई थप सशक्त गर्ने अपेक्षा समेत गरिएको छ । समाजले बिन्दु चौहानको स्मृतिमा पत्रकारिता पुरस्कार वितरण गर्ने उद्देश्यले अक्षयकोष समेत स्थापना गर्ने निर्णय गरेको र अक्षयकोष स्थापनामा सहयोगको लागी सबैमा अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण