छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
लुम्बिनी प्रदेशका दुई जिल्ला छिमेकी प्रदेशको एक जिल्लाको छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे१ च २८१५ नम्बरको बलेरो जिप र भे १० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका–३ बस्ने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–४ लुम्बिनीस्थित सडकमा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । आफूले सामान किन्दै गरेको ठेलालाई लु ८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु ९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच गुल्मीको छिमेकी गाउँ स्याङ्जाको कालिगण्डकी गाउँपालिका–२ कोटाकोट सेरास्थित सडकमा लु ३ त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोविन्द पाण्डेको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण