लुम्बिनी गुरुयोजनाको काम चाँडो सक्न काँग्रेसको आग्रह
बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषको काम कारवाहीप्रति चासो राख्दै लुम्बिनी गुरुयोजनाका काम छिटो सक्न आग्रह गरेको छ ।
लुम्बिनी विकास कोषसँगको छलफलमा काँग्रेसको लुम्बिनी प्रदेश समितिले हाल भइरहेका कामका बारेमा चासो राखेको हो । काँग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुनले बुद्ध जन्मस्थलको विकासमा काँग्रेसले सहयोगी भूमिका निर्वाह गर्ने र कमी कमजोरीहरुमा औंला उठाउने बताए । उनले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेशभित्रका अन्य पर्यटकीय क्षेत्रको पनि विकास हुनुपर्नेमा जोड दिँदै लुम्बिनी आउने पर्यटकलाई प्रदेशका सबै जिल्लामा पुर्याउने वातावरण तयार गर्नुपर्ने बताए ।
सो अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले गुरुयोजनाको ८१ प्रतिशत काम सकिएको भन्दै अब दुई वर्षभित्र सम्पूर्ण काम सकिने बताए । उनले लुम्बिनीको विकासमा प्रदेशभित्रका राजनीतिक दल र सबै पक्षसँग छलफल गरेर कोष अघि बढ्ने बताए ।
काँग्रेस प्रदेश समितिको टोलीले लुम्बिनी विश्वविद्यालयका पदाधीकारीसँग पनि भेट गरी विश्विद्यालयको विकास र शैक्षिक अवस्थाको बारेमा छलफल गरेको थियो । काँग्रेसको टोलीमा प्रदेशको पर्यटन राज्यमन्त्री रिना नेपाल, प्रदेश सांसद अष्टभुजा पाठक, नेपाली काँग्रेस प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, सहमहामन्त्री विष्णु प्रसाद मुस्कान, प्रदेश सदस्य विक्रम सिंह थापा तथा प्राविधिकहरुको टोली समेत थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण