इलाममा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु
सोमबार, १० माघ २०७८, २० : २७
इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो ।
आज अपराह्न साढे २ बजे झापाबाट इलाम माई नगरपालिकाको चिलिमकोट बगान पिकनिक जाने क्रममा दुर्घटनामा परेका श्रेष्ठलाई उपचारका लागि झापा बी एन्ड सी अस्पताल लगिएको थियो ।
माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको श्रेष्ठलाई साढे ४ बजे चिकित्सकले मृत्यु घोषणा गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख गङ्गाबहादुर थापाका अनुसार मे १० प ६८४३ नंको मोटरसाइकल अनियन्त्रित हुँदा श्रेष्ठ सडकभन्दा करिब २० मिटर तल झरेका थिए । आफैँ मोटरसाइकल चलाएका श्रेष्ठको टाउको र शरीरमा चोट लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण