साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
सारांश
- दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/२०८४ देखि दूध सङ्कलन कार्यलाई व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ नीति ल्याएको छ ।
- संस्थानले आफूसँग नियमित दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था र निजी फार्महरूलाई २०८३ साल साउन मसान्तभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ ।
- तोकिएको समय सीमाभित्र सम्पर्कमा नआउने सहकारी वा फार्महरूबाट डीडीसीले आगामी दिनमा दूध खरिद वा कारोबार गर्न नसक्ने स्पष्ट पारेको छ ।
काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/२०८४ देखि दूध सङ्कलन कार्यलाई थप व्यवस्थित, प्रविधिमैत्री बनाउने भन्दै नयाँ नीति अघि सारेको छ ।
संस्थानले आफूसँग नियमित रूपमा दूधको कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई आगामी २०८३ साल साउन मसान्तभित्र सम्पर्क राख्न अनुरोध गरेको हो ।
लैनचौरस्थित संस्थानको केन्द्रीय कार्यालयद्वारा जारी सूचना अनुसार संस्थानसँग निरन्तर दूधको कारोबार गर्न चाहने सहकारी र निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र आ–आफ्नो पायक पर्ने संस्थानका आयोजना, चिस्यान केन्द्र तोकिएको सम्पर्क ठेगानामा सम्पर्क गरिसक्नुपर्नेछ ।
संस्थानले तोकिएको समय सीमा भित्र सम्पर्कमा नआउने सहकारी वा फार्महरूबाट आगामी दिनमा दूध खरिद वा कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा समेत स्पष्ट पारेको छ ।
विगत ५७ वर्षदेखि डीडीसीले सहकारी संस्था, निजी फार्म तथा दुग्ध उत्पादक कृषकहरूबाट दूध सङ्कलन गर्दै आइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण