सकियो शिल्पीको नाटक ‘ढकियामे नागरिकता’
नागरिकताबिहीनको समस्याको कथामा तयार नाटक ‘ढकियामे नागरिकता’ को मञ्चन सकिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा १ गतेदेखि जारी नाटक सोमबारबाट सकिएको हो । नाटकको अन्तिम शो सोमबार ४ः ३० मा रहेको थियो ।
नाटककी लेखक तथा निर्देशक सरिता साह हुन् । राज्यले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौं नागरिकहरु अनागरिक हुनु परेको कथा नाटककले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको थियो ।
कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदीपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोखरेल (सुनसरी) र प्रिन्स साहको नाटकमा अभिनय रहेको थियो ।
माक्स तथा भौतिक दुरी कायम गर्दै शिल्पीले गत १ गतेदेखि नाटक नियमित १० दिन मञ्चन गरेको शिल्पी थिएटरका घिमिरे युवराजले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण