होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ
होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।
गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । कन्याम प्रदेश नं १ को पर्यटकीय नगरीका रूपमा परिचित छ । सोही ठाउँमा प्रयोग भएका र प्रयोग गर्न राखिएका विभिन्न होडिङबोर्डका फ्रेम तोडफोड गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण