झापामा विभिन्न घटनामा २ जनाको मृत्यु
झापामा दुई भिन्न घटनामा परी आज बालिकासहित दुई जनाको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिकामा ट्र्याक्टरले किचेर एक बालिका र मेची नगरमा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
आज कनकाई–७ कप्तानलुङस्थित भित्री कच्ची सडकखण्डमा सोही स्थानका ४५ वर्षीय बालकृष्ण दुलालले घर अगाडि पार्किङ गरी राखेको मे १ त ७५४९ नंको ट्रयाक्टर आफैँले स्टार्ट गरी अगाडि बढाउने क्रममा सोही ट्रयाक्टर मुनि खेलिरहेकी आफ्नै छोरी दुई वर्षीया आरोषी दुलालको ट्रयाक्टरको चक्काले किचेर मृत्यु भएको छ । गम्भीर घाइते भएकी आरोषीलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता थापाले बताए ।
त्यस्तै आजै दिउँसो मेचीनगर–३ दुधे गोलाटारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–३ का ४२ वर्षीय मेघेन्द्र विक रहेका छन् । सोही स्थानकी पूजा देवानको बारीमा रहेको लामपात्तेको रुखको हाँगा झार्ने क्रममा सोही रुखबाट लडेर विक गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण