मोरङमा ६६ हजार मतदाता थपिए
मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो सङ्ख्यामा मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् । जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिङ्गी दुई मतदाता थिए ।
आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रङ्गेलीमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो । वि.सं २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिङ्गी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।
आयोगले मतदाता नामावली विशेष सङ्कलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मङ्सिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाइ नामावली सङ्कलन गरिएको थियो । सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए । निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन जारी रहने अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण