प्रदेश १ मा ४६२ जना कोरोना सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ६४० जनाको पिसिआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा तीन, इलाममा दुई, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र खोटाङमा एक÷एक र प्रदेश बाहिरका २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्थानीय पालिकाअनुसार १३७ स्थानीय पालिकाअन्तर्गत ३९ वट स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको छ भने मोरङको विराटनगरमा ६३ र सुनसरीको इटहरीमा २४ जनामा कोरोना सङ्क्रमण भएको छ । प्रदेशमा आजै ३६९ महिला ६७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीनजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर छ हजार २०० छ भने सङ्क्रमणमुक्त दर पनि बढेर गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण