प्रदेश नं १ मा दुई दिने आर्थिक सम्मेलन हुने
उद्योग संगठन मोरङले प्रदेश १ मा दुई दिने आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश १ को विराटनगरमा यो सम्मेलन गर्न लागेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । उनले यही वर्षको फागुन १३ र १४ गते ‘पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान’ भन्ने थिममा आर्थिक सम्मेलन हुन लागेको बताए । प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने लक्ष्यसहित सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा सम्मेलन गर्न लागिएको हो ।
प्रदेश १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ र ‘सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने’ लक्ष्य निर्धारण गर्न यो सम्मेलनले सहयोगी भूमिका खेल्ने अपेक्षा राखिएको छ । सम्मेलनमाप्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागि हालसम्म के कस्ता प्रयासहरु भए ? लगायतका विषय खोतलिने आयोजकले जानकारी दिएको छ ।
यस्तै, कुन कुन क्षेत्रमा कस्ता नीति तथा कार्यक्रमहरु कार्यान्वयन गरिए ? र त्यस्ता नीति तथा कार्यक्रमहरुको उपादेयता कस्तोे रह्यो भन्ने बिषयमा बृहत छलफल गर्ने समेत बताइएको छ । पूर्व अर्थ सचिव एवं उद्योग संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने संघीय सरकारका अर्थमन्त्री, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न मन्त्रालयका सचिवहरुलाई सहभागी गराउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण