माओवादीलाई क्लिन स्वीपबाट जोगाएका वडाध्यक्ष एमालेमा प्रवेश
स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई ‘क्लिन स्वीप’ हुनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।
सन्दकपुर गाउँपालिकामा नेपाली काँग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।
इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली काँग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक एक वडाध्यक्ष जितेका थिए ।
एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बिच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण