आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश नं १ मा ५७२ जनामा कोरोना सङ्क्रमित थपिए

सोमबार, १७ माघ २०७८, २० : २८
सोमबार, १७ माघ २०७८

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पिसिआर परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा सात, सङ्खुवासभा र पाँचथरमा तीन–तीन, इलाम र भोजपुरमा दुई–दुई, तेह्रथुम र खोटाङमा  एकरएक र प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०७, बेलबारीमा १४, उर्लाबारीमा आठ, पथरी शनिश्चरेमा सात, कटहरी र सुन्दरहरैचामा ६–६, जहदामा चार, बूढीगङ्गा र कानेपोखरीमा तीन–तीन, रतुवामाई र मिक्लाजुङमा दुई–दुई, ग्रामथान, सुनवर्षी र स्थानीय तह नखुलेका एक–एक, झापाको दमकमा १७, भद्रपुरमा १५, विर्तामोडमा १२, कनकाईमा आठ, अर्जुनधारामा सात, गौरादहमा ६, मेचीनगरमा ६, शिवसताक्षी, हल्दिबारी, कमल गाउँपालिका र स्थानीय तह नखुलेका तीन–तीन, बाह्रदशीमा दुई, कचनकवलमा एकजनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।  

यस्तै सुनसरीको धरानमा २९, इटहरीमा १६, दुहवीमा चार, बर्जुमा तीन, इनरुवा र वराहक्षेत्रमा दुई–दुई, भोक्राहानरसिंह, रामधुनी, हरिनगर, गढी, देवानगञ्ज र कोसी गाउँपालिकामा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा सात, पाख्रिबासमा दुई, छ थर जोपाटीमा एक, उदयपुरको उदयपुरगढी, त्रियुगा, कटारी, बेलका, चौदण्डीगढीमा एकरएक र स्थानीय तह नखुलेका दुई, सङ्खुवासभाको पाँचखपन, मकालु र खाँदबारीमा एक–एकजनामा सङ्क्रमण देखिएको छ । 

पाँचथरको कुम्मायक, मिक्लाजुङ र स्थानीय तह नखुलेका एकरएक, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एक–एक, भोजपुरको हतुवागढीमा दुई, तेह्रथुमको छ थर र खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा  एक–एक र प्रदेश बाहिरका २३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज  ३८२ महिलासहित ८४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ७१७ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप