बीपी कोइराला प्रतिष्ठानमा उपचाररत कोभिड सङ्क्रमितको मृत्यु
मङ्गलबार, १८ माघ २०७८, ११ : ५०
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–८ निवासी ५२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
गत माघ १६ गते पीसीआरबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि ती महिला १७ गते अस्पताल भर्ना भएकी थिइन् । पोखरेलका अनुसार उनले कोरोनाविरुद्धको खोप पनि लगाएकी थिइन् । तर उनी मिर्गौलासम्बन्धी रोग तथा मधुमेहको समस्याबाट पीडित थिइन् । उनको शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण