लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
सारांश
- खोटाङमा लेनदेनको विषयमा भएको विवादमा खुकुरी प्रहारबाट एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ।
- प्रहरीले मृतक ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका तिलकबहादुर मग्रातीलाई खुकुरीसहित पक्राउ गरेको छ।
- घटनाको थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि पक्राउ परेका मग्रातीमाथि प्रक्रिया अगाडि बढाइएको छ।
खोटाङ । खोटाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ का ३५ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका ५३ वर्षीय तिलकबहादुर मग्राती पक्राउ परेका हुन्।
असार २५ गते दिउँसो लेनदेनको विषयमा कुरा गर्न अधिकारी मग्रातीको घरमा गएका थिए। सोही क्रममा उनीहरूबिच आपसी वादविवाद भएको थियो। विवाद बढ्दै जाँदा आवेगमा आएका मग्रातीले अधिकारीको टाउकोमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट अधिकारीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले हत्यामा संलग्न मग्रातीलाई घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको हो। हत्या आरोपमा पक्राउ परेका मग्रातीमाथि जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण