धरानमा पार्टी संगठन विस्तार गर्दै काँग्रेस
मङ्गलबार, १८ माघ २०७८, २० : १४
नेपाली काँग्रेस धरान उपमहानगर समितिले पार्टीलाई जनस्तरमा बलियो बनाउन वडास्तरमा पार्टीको संगठन विस्तार गर्न सक्रियता बढाएको छ । सभापति श्याम पोख्रेलले दुई साता अघिदेखि वडास्तरमा पार्टीको संगठन विस्तार गर्न थालिएको जानकारी दिए ।
मङ्गलबार नगर सभापति पोख्रेलकै प्रमुख आतिथ्यतामा धरान वडा नं. ८ का शहीद रत्नमार्ग, बम्जन टोल र वरपीपल चोकमा संगठन विस्तार गरेको हो । काँग्रेसले अन्तरक्रियासँगै धरानको सबै वडामा पार्टीका टोल कमिटी बिस्तार गर्दै जाने र जनस्तरमा जनताका समस्या, गुनासा बुझ्दै विकास निर्माण कार्यमा सक्रियता बढाउने जनाएको छ ।
काँग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठले उपमहानगरपालिका अन्तर्गतका २० वटै वडाका विभिन्न टोलहरूमा टोल कमिटी गठन गर्दै पार्टीको संगठन बिस्तार गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण