मान्छेको अस्थिपन्जरसँगै टाउको काटिएको घोडा फेला परेपछि...
उत्खनन्बाट शताब्दीऔं पुराना अनौठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् ।
अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला परेको यस्तो अस्थिपन्जर १४ सय वर्षअघिको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।
तर, टाउकोबिहीन घोडाको अवस्थालाई लिएर अझै पनि रहस्य बढेको छ । ती व्यक्ति कुलीन वर्गको सदस्य भएको अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् ।
‘उनी मेरोभिंगियन राजाहरुसँग ‘चेन अफ कमान्ड’ मा रहेको र उनी राजाको अभियानमा सहभागी हुन बाध्य भएको देखिन्छ’, पुरात्वविद फल्के डामिंगरले लाईभ साइन्सलाई भने । घोडाको शिरच्छेदन अन्तिम संस्कारको एउटा पाटो भएको हुन सक्ने दामिंगरले बताए ।
दामिंगरका अनुसार उनका परिवारले ती व्यक्तिलाई अरुका अगाडि धनी देखिऊन भनेर उनलाई घोडासँगै पुरिएको हुन सक्छ ।
मृत्युपछि उनलाई चढेर हिड्न पाउने विश्वासमा शवसँगै घोडा राखिएको अनुमान गरिएको छ । घोडाको टाउको अहिलेसम्म फेला परेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण