शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकी एनिमल फिल्म फेस्टिभलमा शो हुँदै नेपाली वृत्तचित्र ‘गड्ज बफेल्लो’

बिहीबार, २० माघ २०७८, १८ : ५३
बिहीबार, २० माघ २०७८

छायाँकार विष्णु कल्पितद्वारा निर्देशित डकुमेन्ट्री ‘गड्ज बफेल्लो’ अमेरिकी एनिमल फिल्म फेस्टिभलमा छानिएको छ । यसै वर्षको किम्फ फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीका रूपमा पुरस्कृत ‘गड्ज बफेलो’ प्रतिस्ठित एनिमल फिल्म फेस्टिभलमा छानिएको हो । 

१४ मिनेट २० सेकेन्ड लामो डकुमेन्ट्री नोभेम्बर २५ देखि २७ सम्म अमेरिकामा हुने एनिमल फिल्म फेस्टिभलमा स्क्रिनिङ हुने भएको हो । डकुमेन्ट्रीमा गत असारमा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीले बगाएको भैँसी र उद्धारको कथा प्रस्तुत गर्छ । जहाँ २२ किलोमिटर टाढा बाढीले बगाएको भैँसी र भैँसी मालिकको संवेदना दृश्य देख्न सकिन्छ । किम्फमा दुई विधाबाट २ लाख रुपैयाँ जितेको यो डकुमेन्ट्री नेपाली फेस्टिभल निफमा समेत छनोट भएको निर्देशक विष्णाु कल्पितले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप