फिल्म बनाउने पैसाले समाजसेवा
यतिबेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायाङ्कन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ ।
निर्माता मधुकुमार श्रेष्ठ भने फिल्म बनाउने पैसा सर्वसाधारणको स्वास्थ्य उपचारमा खर्चिरहेका छन् । श्रेष्ठ विगत एक सातादेखि धादिङको गल्छी, थाक्र गाउँपालिका, धुनिबेशी नगरपालिका लगायत विभिन्न स्थानमा स्वास्थ्य टोली सहित शिविर अभियानमा छन् । जुन अभियान अन्तर्गत धादिङका विभिन्न स्थानमा स्वास्थ्य शिविर आयोजना हुनुका साथै घरदैलो उपचार अभियान समेत चलिरहेको छ ।
‘कोरोनाको डरको कारण अहिले मानिसहरू अस्पताल जान डराएर रोग लुकाउँदै घरमै बस्न बाध्य छन् । त्यस्तो अवस्थामा स्वास्थ्य शिविर राम्रो हुने देखेर स्वास्थ्य टोली सहित धादिङ आएको हो’ श्रेष्ठले भने ‘केही दिनको लागि भनेर आएको एक साता भइसक्यो । एक, दुई गर्दै अहिले धादिङका धेरै गाउँमा शिविर आयोजना भइसकेको छ ।’ शिविरमा स्वास्थ्य परीक्षणको अलावा औषधि समेत निःशुल्क वितरण गर्दै आएको श्रेष्ठले बताए ।
‘शिविरमा हामीले कोभिड टेष्ट समेत गर्ने गरेका छौ’ श्रेष्ठले थपे ‘स्वास्थ्य परीक्षणको क्रममा गम्भीर बिमारी देखिएकालाई अस्पताल पुर्याएर उपचार खर्च समेत दिइरहेका छौ ।’
श्रेष्ठले शिविरमा जे जति खर्च हुन्छ आफ्नो व्यक्तिगत रूपमा खर्च गरिरहेका छन् । बिहीबारसम्म यो अभियान अन्तर्गत करिब १२ सय बढीको स्वास्थ्य परीक्षण भइसकेको छ । तिनमा केही गम्भीर बिरामी समेत पाइएको थियो । जसलाई अस्पताल समेत पुर्याइएको छ ।
‘मैले नयाँ फिल्म निर्माणको सम्पूर्ण तयारी गरेको थिए । कोरोनाको कारण फिल्म रोकियो’ श्रेष्ठले भने ‘अहिले फिल्म बनाउनु भनेको लगानी डुबाउनु हो ।’ फिल्म बनाएर लगानी डुबाउनु भन्दा फिल्म बनाउने पैसा समाजसेवामा खर्च गर्नु राम्रो हो भनेर शिविर अभियानमा लागेको श्रेष्ठको भनाई रहेको छ ।
कोरोनाको पहिलो लहर र दोस्रो लहरको समयमा पनि अक्सिजन, स्वास्थ्य सामाग्री, खाद्यान्न राहत लगायतको सहयोग सर्वसाधरणका लागि दिएका श्रेष्ठले आफ्नो गाडी समेत एम्बुलेन्स सेवाको रूपमा प्रयोग गरेका थिए ।
श्रेष्ठले ‘बजार’, ‘विन्दास’, ‘स्काउट’, ‘ विन्दास २’ लगायत फिल्म बनाएका छन् । नेपाल फिल्म सोसाइटीमा समेत आबद्ध श्रेष्ठको आफ्नो संयोजनमा विगत ५ वर्षदेखि अमेरिकामा नियमित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ गर्दै आएका छन् ।
अहिले सोसाइटीबाट पाँचौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजनाको तयारीमा उनी जुटेका छन् । उनी गत निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट धादिङ क्षेत्र न १ को प्रदेशसभा (क) बाट प्रदेशसभाको उम्मेदवार समेत बनेका थिए । तर निर्वाचनमा पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण