सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँले ढाकियो जुम्ला, तेस्रो पटक हिमपातपछि जनजीवन कष्टकर (फोटोफिचर)

शुक्रबार, २१ माघ २०७८, ०८ : ५०
शुक्रबार, २१ माघ २०७८

जुम्लामा पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।  जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको छ ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए ।  जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाँट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप