जनमत पार्टीका राजमार्ग केन्द्रित आन्दोलन स्थगित
सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित आन्दोलन रोकेर पालिक केन्द्रित गर्ने निर्णय गरेको पार्टीका महासचिव श्रीचन्दन सिंहले जानकारी दिए ।
मौसमको प्रतिकुलतामा यात्रुको विचल्ली हुने भन्दै राजमार्ग केन्द्रित आन्दोलनलाई रोकेर मौसमले साथ दिएअनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने सो पार्टीले निर्णय गरेको छ ।
जनमत पार्टीको निर्णयः
१. २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं।
२. २०७८ माघ २० गते रातिबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिए अनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ। त्यस अन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्न हन अनुरोध छ।
३. मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिनेछ।
४. किसान आन्दोलनमा समर्थन तथा एकबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा विभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण