बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा
कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।
‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार भित्र्याइएको छ ।
अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।
केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो । सो समय ‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गरेका थिए ।
सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’ पनि अभिनय गरेका थिए । ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय खलपात्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण