लागु औषध हेरोइनसहित भ्लगर चेतन कार्की पक्राउ
शुक्रबार, २१ माघ २०७८, १९ : ४८
नेपालका चर्चित भ्लगरमध्ये एक रहेका चेतन कार्की लागु औषधी खैरो हेरोइनसहित पक्राउ परेका छन् । कार्कीलाई ४.१४ ग्राम हेरोइनसहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो । उनको साथबाट गाँजा पनि बरामद भएको प्रहरीको भनाइ छ । बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्नेक्रममा प्रहरीले उनको खल्तीबाट खैरो हेराेइन र करिव ७ ग्राम गाँजासमेत फेला परेको थियो।
सुनसरीबाट काठमाडौँ आउने क्रममा कार्कीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द थपलियाले रातोपाटीलाई बताए । उनलाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको थपलियाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण