सगरमाथाको हिमनदी तीव्र गतिमा पग्लिँदै : अध्ययन
जलवायु परिवर्तनले सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको एक अध्ययनले देखाएको छ । मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीका अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीले १८० फिटभन्दा बढी हिउँ गुमाएको हो ।
करिब २५ हजार ९३८ फिटको उचाइमा रहेको सो हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी तीव्र गतिमा पात्लिँदै गएको उनीहरूको भनाई छ । विश्वमा बढ्दो तापक्रम र तीव्र गतिको हावालाई यसको प्रमुख कारण मानिएको छ ।
सन् १९९० यता हिमनदीमा बन्न २ हजार वर्ष लागेको बरफ पग्लिसकेको शोधकर्ताहरूले बताएका छन् । हिमनदीको बाक्लो बरफको पत्र पग्लिएर त्यस तल रहेको कालो भागलाई सूर्यमा उजागर गर्दै पग्ली प्रक्रियालाई थप तीव्र बनाएको पनि उनीहरूले बताएका छन् ।
१० जना वैज्ञानिकहरूको सो हिमनदीमा पुगेर अध्ययन गरेका थिए । उनीहरूले त्यहाँ विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना पनि लिएर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण