पुरानै फिल्म रिलिज गर्दै हल खोल्ने तयारी
कोरोनाको तेस्रो लहरको कारण बन्द भएका फिल्म हल १ फागुनबाट खुल्ने भएका छन् । फागुन १ गतेदेखि लागू हुनेगरी फिल्म हल खोल्न सीसीएमसीसीको बैठकले सिफारिस गरेपछि फिल्म हल खुल्ने भएका हुन् । हल खुल्ने भएपछि चलचित्र संघ त्यसको तयारीमा जुटेको छ । फिल्म हल १ फागुनमै खुलेपनि दर्शकले नयाँ फिल्म हेर्न भने केही साता अझै पर्खनुपर्नेछ । किनभने १ फागुनबाट केही साता पुरानै फिल्म लाग्ने भएको छ ।
चलचित्र संघका महासचिव अशोक शर्माले १ फागुनमा फिल्म हल खुलेपनि सुरुमा पुरानो फिल्म रिलिज हुने बताए । ‘रिलिज भएको केही दिनमै हल बन्द हुँदा मारमा परेका केही फिल्म छन्’ शर्माले भने ‘हल खुल्ने बित्तिकै पहिले ति फिल्म लाग्नेछ । त्यसपछि अन्य नयाँ रिलिज हुन्छ ।’ सुरुको केही साता पुरानो फिल्म लाग्दा कोरोनाले मारमा परेको फिल्मलाई राहत मिल्ने शर्माले सुनाए ।
कोरोनाको तेस्रो लहरमा फिल्म हल बन्द हुँदाको समय स्पाइडरम्यान, पुष्पा, कठ्पुतली, चपली हाइट ३ लगायत प्रदर्शनमा थिए । हल खुलेपछि सुरुमा यी नै फिल्म रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण